after_navbar

दाङमा सवारी दुर्घटना दुई जनाको मृत्यु


बैशाख ०५, २०८२


दाङ । दाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
पुर्बपश्चिम राजमार्गको लमही-भालुवाङ सडक खण्डको राप्ती गााउपालिका-५ लठ्ठहवामा  बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

ad

कपिलवस्तुको कृष्णनगरबाट दाङकाे तुलसीपुर जाँदै गरेकाे बा ३ ख ७९९६ नम्बरकाे बस देउखुरीमा दुर्घटना भएको हो ।
दुर्घटनामा कम्तिमा २४ जना घाइते भएका छन ।  मृत्यु हुनेमा घाेराही उपमहानगर पालिका बनगाउँ निबासी पुष्पा डाँगी र राजपुर स्थाई घर भई लमही नगरपालिका ५ राताे डाँडा निबासी निलसराेज यादव रहेको प्रहरीले जनाएको छ ।

ad

डाँगीकाे घटना स्थलमा र यादबकाे उपचारकाे क्रममा लमही अस्पतालमा निधन भएकाे हो ।  घाइते मद्य ८ जनाको अबस्था गम्भीर रहेको छ भने ७ जना मध्यम  रहेको प्रहरीले जनाएको छ ।  घाईतेहरुकाे लमही र भालुबाङ अस्पतालमा उपचार भईरहेकाे छ ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="