दाङ । पश्चिम नेपालमा निरन्तर बर्षा भइरहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ ।
पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पानी दाङमा परेको छ । दाङमा पछिल्लो ६ घन्टामा ५६ मिलिमिटर पानी परेको छ । अछाम र दैलेखमा ४१ मिलिमिटर पानी परेको छ ।पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बागमती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी पर्न थालेको छ ।
आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस