काठमाडौं । कक्षा १२ को परीक्षा सरेको छ। शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ देखि तय गरिएको परीक्षा सारेको हो।
बोर्डले वैशाख २१ गतेका लागि परीक्षाको नयाँ मिति तोकेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा गर्ने गरी निर्णय गरिने बताए।
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका अध्यक्ष शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका क्रममा प्रधानमन्त्री ओलीले अध्यक्ष शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस