दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका ६ मा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले विद्यार्थी भर्ना अभियान सुरु गरेको छ। बुधबार देखि विद्यालयमा भर्ना सुरु गरिएको हो ।
भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम रोकेर शिक्षक महासंघको आयोजनामा काठमाडौ केन्द्रित भएर शिक्षकहरू आन्दोलनमा रहेका छन । शिक्षकहरु आन्दोलनमै रहेको समयमा विद्यार्थीहरूको अधिकार र भविष्यलाई वञ्चित नगर्ने भन्दै अभिभावक र विद्यालय ब्यबस्थापन समितिको दबाबमा सेन्टर स्कुलले भर्ना अभियान सुरु गरेको विद्यालय प्रसाशनले जनाएको छ । नेपालकै उत्कृष्ट स्कुलको रूपमा रहेको तुलसीपुर सेन्टरले ९ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेको विद्यालय प्रशासनले जनाएको छ। अभिभावकको आग्रह , विद्यालय व्यवस्थापन समितिको निर्णय र विद्यालय प्रशासनको सहजीकरणमा विद्यार्थी भर्ना अभियान सुरु भएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलले बताए ।
शिक्षकहरूको मागलाई ऐक्यबद्धता जनाउँदै र विद्यार्थीहरूको भविष्यलाई पनि वञ्चित बनाउन नहुने भन्दै भर्ना अभियान सुरु गरिएको पौडेलको भनाइ छ । अहिले विद्यार्थी भर्ना नगर्दा त्यसको असर विद्यालय, शिक्षक तथा अभिभावकलाई समेत समस्या हुने देखेर भर्ना सुरुगरिएको बताए।
विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले विद्यालय विद्यार्थीहरूको भविष्य र अधिकारलाई सुनिश्चित गर्नलाई शिक्षक आन्दोलनको मोडालिटि फेर्नु पर्न्व बताए । शैक्षिक हड्ताल हटाउनु पर्ने र भर्ना अभियान सुरु हुनु पर्ने बताए ।
शिक्षक आन्दोलनमा ऎक्बद्द्ता, सहभागिता पूर्ण रुपमा रहे भे पनि विद्यार्थी हरुको अधिकार सुनिश्चितताको लागि भर्ना अभियानलाई निरन्तरता दिनु पर्ने बताए । उनले सरकारले शिक्षकका जायज माग तत्काल सम्बोधन गर्न माग समेत गरे । सरकारी विद्यालयमा ताला लाग्ने र बोडिङमा विद्यार्थी पठाउने अबस्ता बनाउन नहुने प्रधानाध्यापक पौडेलको भनाइ छ ।
देशकै उत्कृष्ट तथा मेघा विद्यालयको रूपमा आफूलाई चिनाएको सेन्टर मावि तुलसीपुरमा झण्डै तीन हजार विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् भने ६ वटा संकायमा प्राविधिक धारका विद्यार्थीहरू पनि विद्यालयमा रहेका छन्। झन्डै १ सय शिक्षक शिक्षिकाहरुले अध्यापन गराइरहेका छन् ।
विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर प्रभावकारी रूपमा रहँदै आएको हुँदा यस वर्ष पनि विद्यार्थीहरूलाई पनि विद्यालयभन्दा बाहिर नजाऊन् भन्ने उद्देश्यले नियमित रुपमा भर्ना प्रक्रिया सुरु गरिएको विद्यालयले जनाएको छ । नयाँ विद्यार्थीहरूलाई प्रवेश परीक्षा लिएर मात्रै भर्ना गर्ने गरिएको छ भने विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नियमित भर्नामा राखिएको विद्यालय प्रशासनको भनाइ छ ।
विद्यालयको भर्ना अभियान सुरु भएदेखि केही शिक्षक नेताहरू समेत विद्यालयमा आएर भर्ना अभियान अवरोध गर्न खोजेका थिए। तर विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनका कारण उनीहरु त्यो अभियान रोक्न नसकेर फर्किएका छन ।
शैक्षिक सुधार र विद्यार्थीहरूको भविष्य सुनिश्चिताका लागि पनि विद्यालय भर्न अभियान नरोकेरै विद्यालय सञ्चालनको प्रक्रियामा लगिएको विद्यालयले जनाएको छ।
जिल्लाका अन्य सामुदायिक विद्यालयहरूले भने भर्न अभियान सुरु गरेको सार्वजनिक गरेका छैनन्। निजी विद्यालयहरूमा भने विद्यार्थीहरूको चाप अत्यधिक बढेको निजी विद्यालयहरूले बताएका छन्। सामुदायिक विद्यालयमा भर्ना अवरोध भएपछि केही विद्यार्थीहरु निजी विद्यालयमा अध्यायका लागि भर्ना भएका छन ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस