लुम्बिनीको सरकार विस्तार आज


पुष ०८, २०८०


दाङ, ८ पुस। लुम्बिनी प्रदेश सरकार आज आइतबार विस्तार हुदै छ। नेकपा माओवादी केन्द्रको तर्फबाट बाँकेबाट निर्वाचित कृष्णा केसी (नमुना) र नेपाली कांग्रेसको तर्फबाट प्यूठानबाट निर्वाचित सरोज थापा मन्त्री बनाइएका छन।केसी सहरी विकास मन्त्री र थापा उद्योग तथा यातायात मन्त्री बनाइएका छन्।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नै उनीहरूको नाम टुंगो लगाइ प्रद्रेश प्रमुखकहाँ शपथका लागि पठाइसकेको मुख्यमन्त्री सचिवालयले जनाएको छ।सचिवालयका अनुसार सरकारमा पठाउने दुई व्यक्ति र मन्त्रालयको पनि छिनोफानो भइसकेकाले आज नै शपथ हुने छ

लुम्बिनी सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डे पनि दुई जना नयाँ मन्त्री थपिएको तथा आइतबार नै शपथको कार्यक्रम तय भइसकेको थियो ।

लुम्बिनी सरकारमा उद्योग तथा यातायात मन्त्री बन्न लागेका सरोज थापा चलचित्र क्षेत्रमा ‘रोज राणा’ को नामबाट परिचित छन्। चलचित्र निर्माता उनी अघिल्लो वर्ष मंसिरको संसदीय निर्वाचनमा कांग्रेसबाट चुनाव लडेर निर्वाचित भएका थिए। संस्थापन पक्षधर उनी मन्त्री बनिसकेको र आइतबार शपथ हुने निश्चित भएको स्रोतले जनाएको छ।

सरोज थापालाई पनि मन्त्री बनाउन नहुने भन्दै भएको विरोधका कारण यसअघि मन्त्रिमण्डल विस्तारमा विलम्ब हुँदै आएको थियो। कांग्रेसभित्र संस्थापन इतर पक्षधर नेता शेखर कोइराला र गगन थापाले पश्चिम नवलपरासीका विश्वप्रेम पाठक र पाल्पाका वीरबहादुर रानालाई मन्त्री बनाउनुपर्ने अडान लिँदै आएका थिए। 

लुम्बिनी कांग्रेस सभापति अमरसिंह पुनले नाम दिए फेरि एक जनालाई मन्त्री बनाउने सम्भावना भने रहेको जानकारी दिइएको छ।

अमरसिंह पुनले मुख्यमन्त्री चौधरीले पार्टीसँग कुनै समन्वय नगरी एकलौटि गरे स्वीकार्य नहुने चेतावनी दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="