नामिबियालाई नेपालको ६ रनको जित


पुष २७, २०८०



दाङ । आईसीसी यू-१९ विश्वकप अन्तरगत दोस्रो अभ्यास खेलमा बिहीबार राति नामिबियामाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ ।
वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबिया २९.५ ओभरमा १३५ रनमै अलआउट भयो ।नामिबियाका कप्तान ए बसिङ-वोल्स्चेंकले सर्वाधिक ५० रन बनाए ।
नेपालका गुलशन झा र  आकाश चन्दले ३-३ विकेट लिए  ।त्यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नेपालले ३० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो ।
नेपालका लागि दिपक डुम्रे ३२ तथा आकाश त्रिपाठीले २१ रन बनाए । नामिबियाका जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान २ विकेट लिए ।
यू१९ विश्वकपअघि नेपाल क्रिकेट संघ क्यानले व्यवस्था गरेको दुई अभ्यास खेलमा नेपालले दुवै खेल जितेको छ । यसअघि नेपालले स्कटल्याण्डलाई हराएको थियो ।
अब आईसीसीको तालिकामा रहेको दुई वार्म अफ म्याच खेल्नेछ ।
नेपालले पहिलो वार्मअफ खेल १३ जनवरीमा स्कटल्यान्ड र दोस्रो वार्म अफ १६ जनवरीमा वेस्टइन्डिजसँग खेल्नेछ ।
जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने यू१९ विश्वकपमा नेपाल, न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानसँगै समूह डी मा रहेका छन ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="