दाङ, २८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले शुक्रवार राती राप्तीपुलमा भएको बस दुर्घटनाको दुख ब्यक्त गरेका छन ।
मुख्यमन्त्री चौधरीले शनिबार शोक विज्ञप्ती जारी गर्दै दुर्घटनाले जनधनमा अतुलनीय क्षती पुगेको बताएका छ्न । चौधरीले दुर्घटनामा राती नै खटिएर उद्दार र उपचारमा सक्रिय रहने सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीयलाई धन्यवाद दिएका छ्न । दुर्घटनामा परी घाइतेको शीघ्र स्वास्थ्यलाभको कामा गर्दै घाइतेहरुको उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमि हुन नदिन सम्बन्धित पक्ष र निकायलाई आग्रह गरेका छन । मृतकहरु प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै परिवार जनमा समवेदना प्रकट गतेका छन ।
यस्तो छ शोक विज्ञप्ती
भे.१ख.३९१२ नं.को यात्रुवाहक बस दाङको भालुवाङमा शुक्रवार राती राप्ती पुलबाट नदिमा खसेर भएको दुर्घटनाले र त्यस्ले निम्त्याएको जन धनको ठूलो क्षेतीले मर्माहत बनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमि हुन नदिन सम्बन्धित पक्ष र निकायलाई आग्रह गर्दछु । उद्दार र उपचारमा खट्नुहुने सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीयलाई धन्यवाद ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु
डिल्ली बहादुर चौधरी
मुख्यमन्त्री
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस