दाङ ,२८ पुस । दाङको भालुवाङस्थित राप्ती नदी पुलमा भएको बस दुर्घटनामा परि मृत्यु भएका मध्ये थप दुई जनाको सनाखत भएको छ । प्रहरीका अनुसार थप दुईजना सहित अहिले सम्म १० जनाको सनाखत भको हो । थप सनाखत हुनेमा चितवनको भरतपुर नगरपालिका वडा नं. २५ निवासी ३५ वर्षीय अनिल खड्का र बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ का सञ्जय केसी रहेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख उज्ज्वल बहादुर सिंहले जानकारी दिए । खड्काको शव उनको जेठान गोवर्धन रावलले सनाखत गरेका थिए भने सञ्जय केसीको बुवा पदम केसीले सनाखत गरेको सिंहले जनकारी दिए । दुर्घटनामा परि मृत्यु भएका १२ जना मध्ये ८ जनाको यसअघी नै सनाखत भई सकेको छ । अन्य दुई जनाको सनाखत हुन बाँकी छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस