सल्यान,२९ पुस। सल्यानमा एक बालिका बलात्कृत भएकी छन् । १५ बर्से किशोरले ललाइ फकाई बलात्कार गरेको आरोप लगेको छ ।
ती बालिकालाई १५ बर्षिय किशोरले चुइगम खान र मोबाइल चलाउन दिइ बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पुष ७ गते बिहान करिब १० बजेतिर छोरी बलात्कृत भएको भन्दै बालिकाका अभिभावकले शनिवार उजुरी दिएपछि आरोपी किशोरलाई शनिबार पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए ।
उनलाई जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालतबाट ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस