दाङ,६ माघ । दाङको तुलसीपुरमा पहिलो पटक थारु संस्कृति तथा खाना प्रदर्शनी हुदै छ।
थारु समुदायको परम्परागत खाना , कला, रितिरिवाज र भेषभुषाको संरक्षण तथा प्रर्वद्धन गर्न आज शनिबार थारु संस्कृति तथा खाना प्रदर्शनी हुन लागेको हो ।
प्रदर्शनी तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित मेट्रो कलेजको प्राङ्गणमा हुन लागेको छ ।
परम्परागत व्यञ्जनहरु, खाना पकाउने विधिहरु, स्वदेशी सामग्रिहरु, पुस्ताहरुबाट पारित भएका कला अभ्यासहरुसहित स्वादिष्ट थारु व्यञ्जनहरुको प्रदर्शन गरिने मूल आयोजक समितिका संयोजक भागीराम चौधरीले जानकारी दिए ।
थारु कला संस्कृतिको जगेर्ना र खानाहरुको प्रचारप्रसारमा टेवा पुर्याउन थारु संस्कृति तथा खाना प्रदर्शनी गर्न लागिएको उनले बताए ।
त्यस अवसरमा थारु एकल र समुहगत नृत्य प्रतियोगिता, थारु खानाको प्रदर्शनी, उद्यमीहरुले उत्पादन गरेका सामाग्री प्रदर्शनी गरिने सहसंयोजक छविलाल चौधरीले बताए ।
स्थानीय आर्थिक विकास र दिगो जीविकोपार्जनमा थप सहयोग पुर्याउन थारु संस्कृति तथा खाना प्रदर्शनी गर्न लागिएको उनले बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस