भक्तजनहरु बढेपछि थपियो पण्डाल


माघ १६, २०८०



दाङ,१६ माघ । तुलसीपुरमा जारी महायज्ञमा प्रतिदिन भक्तजनहरुको सहभागिता बढ्दै गएको छ । भक्तजनहरुको उपस्थिती बाक्लो बन्दै गएपछि मंगलबार पण्डालको संचरना पनि थपिएको छ । २५ सय भक्तजन बस्नमिल्ने गरी पण्डाल बनाइएको थियो । तर भक्तजनहरुको सहभागिता बढ्दै गएपछि महायज्ञको चौथो दिन पण्डालको क्षेत्र बढाउनु परेको महायज्ञ मुल आयोजक समितिले बताएको छ ।
माघ १३ गतेदेखि सुरु भएको महायज्ञको चौथौँदिनमा दिउँसो २ बजेसम्म ३ हजार बढीको सहभागिता रहेको छ

बढ्दै दानदाता
मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञमा आर्थिक सहयोग गर्नेहरुको सँख्या पनि बढ्दो रहेको छ । महायज्ञको तेस्रो दिन सोमबार १९ लाख ८१ हजार ६८ रुपैयाँ आर्थिक सहयोग संकलन भएको थियो भने मंगलबार दिउँसो २ बजेसम्म करीव ११ लाख सहयोग संकलन भइसकेको छ । पण्डाल भरिभराउ छ । अधिकासं महिलाहरुको सहभागिता रहेको छ ।

प्रत्येक दिन बिहान योग,साकारात्मक सोच सम्बन्धि कक्षा सञ्चालन हुने गरेका छन् । त्यसपछि बिहान ११ बजेदेखि अपरान्ह् ४ बजे सम्म कथा वाचन र बेलुकी आरतीका साथ भजनकृत्तन हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="