सहिद दिवस :  सगरमाथा स्कुलमा अन्तरक्रिया


माघ १६, २०८०



दाङ १६ माघ ।
दाङको तुल्सीपुरमा रहेको सगरमाथा इङलिस स्कुलले सहिद दिवसको अवसरमा सहिदको भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

विद्यालयका सिइओ यमकान्त खरेलको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती बबई क्याम्पसका पुर्ब क्याम्पस प्रमुख तथा अधिवक्ता सालिक राम रेग्मीको प्रमुख आतिथ्यता र तुलसीपुर उपमहानगरपालिकाका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेल र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप वलीको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका रेग्मीले सहिदहरुले देखाएको बाटोमा देश हिड्न नसकेको बताए । उनले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र , रास्ट्र र स्वतन्त्रताका लागि भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरुले देखाएको बाटोमा हिडेपछी मात्र सहिदहरुको सपना साकार हुने बताव । उनले झैझगडा र दुर्घटनामा ज्यान गुमाएकालाई समेत सहिद घोषाणा गर्नु र १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनको सहिदको अपमान गरेको बताए  ।


तुलसीपुर  उपमहानगरपालिका पर्यटक शाख प्रमुख खरेलले विद्यार्थीहरुलाइ सहिद भनेको के हो ? शहिदले देखाएको बाटोमा हिड्न किन आवश्यक छ ? भन्ने कुरामा प्रकास पारेका थिए ।  उनले सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरेतापनी सहिदहरुका सपनाहरू अधुरै रहेकोमा दुख व्यक्त गर्नु गरे ।
कार्यक्रममा नेकपा कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदीप वलीले  विद्यालयले यस्तो खालको कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई सहिदप्रतिको सम्मान र उनीहरुले देखाएको बाटोमा हिड्न प्रेरित गरेको बताए । विद्यार्थीहरुलाइ देशप्रतिको माया जगाउनमा यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने  बताए ।
विद्यार्थीहरु सन्दीप चौधरी, दीक्षा शाह, मनिस केसी, अमित नेपाली लागएतले  बक्ताहरुसङ्ग जिज्ञासा पनि राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको स्वागत मन्तव्यबाट  सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="