मुगु र हुम्लामा हिमपात,किसान खुसी


माघ १८, २०८०


मुगु,१८ माघ । कर्णालीका दुइ हिमाली जिल्लामा हिमपात र वर्षा भएको छ । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला र मुगुमा हल्का हिमपात र वर्षा सुरु भएको हो । बुधबार रातिदेखि मुगु र हुम्लाको उच्च लेकाली बस्तीतिर हल्का हिमपात र बेसीमा वर्षा भएको छ । मुगुको पर्यटकीय गन्तव्य रारामा आधा इन्च हिउँ जमेको छ । गत मंसिर दोश्रो साता रारामा आधा इन्च हिउँ परेको थियो ।

मुर्मा, मुन्दु, माथितुम, चंखेली, बाम, सोभा, घुच्चीलेक क्षेत्रमा पनि हल्का हिमपात भएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु , डोल्फू, किम्री, क्षेत्रमा पनि बुधबार राति देखि हल्का हिमपात भएको छ ।

त्यस्तै हुम्लाको सिमकोट बजार क्षेत्रमा पनि हिमपात भएको छ । सिमकोट बजार क्षेत्रमा आधा इन्चसम्म हिउँ जमेपछि बजार क्षेत्र सेताम्य देखिएको छ । हुम्लाको नाम्खा गाउँपालिका क्षेत्रमा मंसिर दोस्रो साता हल्का हिमपात भएको थियो ।

यो पटक उक्त क्षेत्रमा बाक्लो हिमपात भएको छ । माघ महिनासम्म पनि बर्षा र हिमपात नहुँदा खडेरीको चिन्ताले निरास भएको मुगाली र हुम्ली हिमपात र बर्षा सुरु भएपछि खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="