व्यवसायीक हकहित र सुरक्षाको लागि मेरो उम्मेदवारी :चन्दन ओलि


बैशाख २८, २०८१


दाङ,२८ वैशाख । तुलसीपुरका सफल युवा व्यवसायी चन्दन ओली  तुलसीपुर उद्योगवाणिज्य सङ्घको सचिव पदका उम्मेदवार हुन्। यहि वैशाख २९ गते हुने उद्योग वाणिज्य सङ्घको निर्वाचनमा नेपाली कांग्रेस,  नेपाली काङ्ग्रेस र एमालेसहितको आठदलीय समर्थन गरी दुई प्यानलबाट चुनावी प्रतिस्पर्धा हुँदै गर्दा ओली  भने स्वतन्त्रबाट सचिव पदका उम्मेदवार रहेका छन्।

उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि निर्वाचन भइरहँदा आफू भने सचिव पदमा स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिएको उनले बताएका छन्। पत्रकारहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा उनले व्यवसायिक हकहित र व्यवसायिक सुरक्षा आफ्नो प्रमुख एजेन्डा भएको बताएका छन्।
व्यापार सम्बन्धी आफूले अध्ययन पनि गरेको र व्यवसायिक समस्या पिरमर्का र चुनौतीहरूलाई राम्रोसँग बुझेको बताउने ओलीले आफू सचिव पदमा आएसँगै व्यवसायिक समस्याहरू समाधान गर्नका लागि सम्बन्धित निकायसँग सहजीकरणको भूमिका खेल्ने बताए।

महंगो घरभाडाका कारण धेरै व्यापार व्यवसायहरु बन्द भएको अवस्थालाई मध्यनजर गर्दै महँगो भाडा दरलाई न्यूनीकरण गर्ने, झन्झटिलो कर प्रणालीका कारण व्यवसायीहरूले भोग्दै आएको समस्यालाई समाधान गर्ने , सानो वा ठूलो व्यवसाय गर्दा धेरैलाई कर सम्बन्धी जानकारी नहुँदा व्यापारीहरूलाई कर सम्बन्धी तालिम तालिम तथा प्रशिक्षणको व्यवस्था गर्ने र प्रतिदिन विदेश पलायन हुने युवाहरूको सङ्ख्यालाई कम गर्न विभिन्न आर्थिक परियोजनाका कार्यक्रमहरू सञ्चालन गर्ने उनका प्रमुख एजेन्डाहरू रहेका छन्।

वर्षौंदेखि तुलसीपुरमा बसेर व्यवसाय गर्दै आएका ओलीले व्यवसायीहरूको समस्या राम्रोसँग बुझेको र सोहीअनुसार आफूले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। तुलसीपुर क्षेत्रका क्रियाशील पत्रकारहरूसँगको गरिएको अन्तरक्रिया कार्यक्रममा हुनाले यस्तो बताएका हुन्। हरेक क्षेत्रमा युवा पुस्ताको नेतृत्व हुनुपर्ने अहिलेको आवश्यकता भएकाले आफू नेतृत्वमा आउन चाहेको उनले बताए ।

अहिलेको आवश्यकता हरेक क्षेत्रमा युवा पुस्ता भएकाले आफ्नो जित सुनिश्चित भएको पनि उनको दाबी छ। उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि विभिन्न राजनीतिक दलहरूको समर्थनबाट चुनावी प्यानलहरू निर्माण भइरहँदा आफू पनि स्वतन्त्र रुपमा काम गर्न स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्नका लागि स्वतन्त्रबाट सचिव पदमा उम्मेदवारी दिएको उनले बताएका छन्। उनले भोलि शनिबार हुने निर्वाचनमा आफूलाई सक्दो सहयोग गर्न यस क्षेत्रका उद्योगी व्यवसायी र आम व्यापारीहरूमा हार्दिक अपिल समेत गरेका छन्

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="