दाङ,२० जेठ ।तुलसीपुर नगर जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ। शनिबार तुलसीपुर नगर जेसीजले सहयोग तथा सम्मान गरी आफ्नो सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको हो।
तुलसीपुर नगर जेसिस वर्ष २०२४ का अध्यक्ष पूर्णविक्रम जागीको अध्यक्षता एवं इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञबहादुर बुढाको प्रमुख अतिथितामा सप्ताह व्यापी कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख बुढाले युवाहरूको नेतृत्व विकास र क्षमता विकासका लागि जेसीजको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। सामाजिक उत्तरदायित्व बहन गर्दै उत्कृष्ट कार्यमा जेसीज सधैँ अग्रसर रहेको भन्दै प्रशंसा समेत व गरेका थिए।
युवाहरूको क्षमता नेतृत्व विकासका लागि मात्र नभई सामाजिक सेवामा जेसीजले अनुकरणीय कार्य गर्दै आएको बताएका हुन् ।
यद्यपी यस संस्थाले आगामी दिनमा सरकारसंग पनि समन्वय गरेर सामाजिक कार्यलाई अगाडी बढाउने आशा राखेको औँल्याए ।
त्यस्तै कार्यक्रममा पूर्व अध्यक्षहरु झरेन्द्र खरेल , दिपेश भण्डारी , मोहन सुनार , नेत्रलाल भट्टराई ( नरायण), दाङ महिला जेसीजका कार्यवहाक अध्यक्ष अर्चना शर्मा, लमही जेसीजका अध्यक्ष मुकेश चौधरी, त्रिभुवनगर जेसीजका अध्यक्ष रविकिरण केसी, राष्ट्रिय समाचार समिती दाङ प्रमुख नारायणी रजौरे, महिला अधिकारकर्मी सुष्मा गिरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै तुलसीपुरनगर जेसीजले साता व्यापी कार्यक्रमको अन्तिम दिन तुलसीपुर उपमहानगरपालिका ३ निवासी चन्द्रविर वली र उनका परिवारलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ । चन्द्रविरले तुलसीपुर ३ साततल्ले स्थित खमारी जाने बाटो ३ किलोमिटर एक्लैले खनेर बनाएका थिए ।
त्यस्तै चन्द्रविरले समाजमा सकारात्मक कार्य चन्द्रविरले समाजमा सकारात्मक तथा विकास निमार्णको कार्य गरेको भन्दै उनलाई कदरपत्र तथा दोसल्ला ओडाएर सम्मान गरेको हो ।
जेसीजका आफ्नो साता व्यापी कार्यक्रम अन्र्तगतको अन्तिम दिनको कार्यक्रमलाई लक्षित गरेर वली र परिवारलाई खाद्यान्न, जिन्सी, नगद पाँच हजार गरी ३० हजार बराबरको सहयोग पनि गरेको छ । चन्द्रविर बाहेक उनको अन्य परिवारका सदस्यहरु सबै दृष्टिबिहीन छन् ।
त्यस्तै कार्यक्रमका मुलसंयोजक सुरज भण्डारीले साता व्यापी कार्यक्रमका संयोजकहरुलाई कदरपत्रले सम्मान गरेका थिए ।
तुलसीपुरनगर जेसीजका अध्यक्ष पूर्णविक्रम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष शालिकराम वलीले धन्यावाद ज्ञापन गरेका थिए भने कार्यक्रम संयोजक तुफान सापकोटाका स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण कमलप्रकाश शर्माले गरेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस