दाङ,१ असोज । बैकिङ कसुर मुद्धामा फरार रहेका सल्यानका निर्माण व्यवसायी डिल्लीप्रकास केसी प्रक्राउ परेका छन । बाँके प्रहरीले केसीलाई मंगलवार पक्राउ गरेको हो । दिपीका खडकाको जाहेरी पछि जिल्ला अदालतले केसीलाई भदौ १९ गते पक्राउ अनुमति दिएको थियो । त्यस पछी इलाका प्रहरी कार्यालय तुलसीपुरले केसीलाई खोजतलास जारी राखेको थियो । भने अन्तर जिल्लामा समेत आग्रह गरेको अवस्थामा बाँकेबाट निज केसीलाई पक्राउ गरिएको हो
बाँके प्रहरी प्रमुख तुलबहादुर कार्कीले अदालतको आदेश अनुसार केसीलाई नियन्त्रणमा लिइएको बताए । नेपालगञ्जको भाटभटेनीको कफि सपबाट उनललाई नियन्त्रणमा लिइएको हो । केसीलाई जिल्ला अदालतमा उपस्थिति गराउने तयारी गरिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस