दाङ , ३ असोज । संबिधान दिवसको अबसरमा लुम्बिनीमा विशेष कार्यक्रम गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान पूर्ण कार्यान्वयन आबस्य रहेको बताए ।। उनले संबिधान कार्यन्वन र नागरिकहरुमा बढ्दो आकांक्षालाई सम्बोधन गर्न राजनीतिक दलमा दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताए ।
संविधान तथा राष्ट्रिय दिवस २०८१ को मुल समारोह कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन सबै सरोकार वाल निकायको जिम्मेवारीपूर्ण भूमिका रहने बताए । मुख्यमन्त्री आचार्यले योजना निर्माण र कार्यान्वयनको तहमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा रहेको बताए ।
दिर्घकालीन लक्ष निर्धारण गरेर प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकाले दावी गरे । नेपालको संविधान, १६ औँ आवधिक योजना, दिगो विकासका लक्ष एवम् अन्तरराष्ट्रिय प्रतिवद्धता, लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाको अवधारणा पत्र, दश वर्षे दिर्घकालिन रणनीतिक योजना, मध्यमकालिक खर्च संरचना, प्रत्येक वर्ष सालवसाली रुपमा प्रदेश सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम प्रति केन्द्रित रही बजेट तर्जुमा गरी कार्यान्वयन गरिरहेको अवस्था उनले भने ।
शिक्षा, स्वास्थ्य, सडक लगायत विकास पूर्वाधारहरुमा समेत नागरिकको पहुँचहरु वृद्धि भएको छ र सुशासन सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई नागरिक समक्ष पु¥याउने गरी हाम्रा कार्यक्रमहरु लक्षित छन् ।’
लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश सभाबाट ८० वटा कानून निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ भने केही कानूनहरु निर्माणको चरणमा रहेको मुख्यमन्त्री आचार्यले बताए । तर, साझा अधिकार सूचीका कानूनहरु सबै नबन्दा केही कठिनाइ महसुस भएको मुख्यमन्त्री आचार्यले बताए । कानूनहरु संघीय सरकारबाट द्रुत गतिमा निर्माण गर्न प्रदेश सरकारले समन्वय र सहकार्य गर्न तत्पर रहेको उल्लेख गरे ।
न्युन जनशक्ति, नयाँ स्थानमा प्रदेश राजधानीको व्यवस्थापन, प्रदेश गौरवका आयोजनाको सम्पन्नता तथा न्यून जनशक्तिको व्यवस्थापनका लागी आवश्यक कानून तर्जमा तथा परिमार्जन गर्ने गरी सरकार अघि बढेको जान्कारी गराए ।
मुख्यमन्त्री तथा मुल समारोह समितिका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता तथा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरले संविधानमा उल्लेखित अधिकारहरु कार्यान्वयन गर्न तीन तहका सरकारको विचमा समन्वय, सहकार्य र सहअस्तित्वकाे मुल मर्मलाइ आत्मसात् गरेर अघि बढ्न जरुरी रहेकाे बताए ।`जनमुखी कानुन निर्माण गरेका छाैं । हिजाे बनाएका कानुनलाई समय सापेक्ष बनाउनेगरी अघि बढ्ने छाैं´उनले भने-`संविधानलाई इमानदारी पूर्वक संविधान कार्यान्वयनमा जुटाैं । सबै दलकाे विचमा सद्भावपूर्ण एकता कायम गरेर अघि बढ्नुपर्ने छ ।´
निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता जाेखबहादुर महराले समतामूलक समाज निर्माण गर्न, समृद्धि हाँसिल गर्ने आकांक्षा बाेकेकाे संविधानकाे पूर्ण कार्यान्वयनमा सबै एक ठाउँमा उभिनु पर्ने बताए ।`मुख्य सवाल संविधानकाे पूर्ण कार्यान्वयनकाे हाे´उनले भने `सवाल कार्यान्वयनकाे हाे तर, अहिले संशोधनकाे बजार हल्ला चलाइदैछ ।
पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका दल नेता डिल्लीबहादुर चाैधरीले संविधानकाे मुल मर्म संघियता र एकता भएको बताए भएको छ ।´प्रदेशलाइ बलियाे बनाउनेगरी भूमिका बढाउनुपर्ने छ । समावेशीकाे अधिकार दिएकाे छ । संविधानकाे भरपुर उपभाेग गर्नुपर्ने छ । तर, याे अवधिमा संविधान कार्यान्वयनले गति लिन सकेकाे छैन´उनले भने -`विना प्रहरीकाे प्रदेश सरकार हुन सक्दैन । संविधान दिवस मनाउदै गर्ने तर, संविधान लागू गर्न नसक्ने अवस्थामा पुगेका हाैं त ? हामी सबै एक ठाउँमा उभिनुपर्छ । अधिकार लिन दवाव दिनुस । संविधान दिवस मनाउने मात्रै हाेइन, कार्यान्वयनमा जाेड गराैं ।´
शहरी विकास तथा खानेपानी मन्त्री सराेज थापाले प्रदेशले कानुनी आधार निर्माण गरिसकेकाले अव विकास र प्रतिफल नागरिक तहमा पुर्याउन सरकार प्रतिबद्ध रहेकाे बताए । संविधानकाे पूर्ण कार्यान्वयनकाे लागि राजनितीक इमानदारीताकाे खाँचाे पर्ने बताए ।
उत्सवमा झाँकी र प्रभातफेरी
संविधान दिवसलाई भब्य र रचनात्मक बनाउन विभिन्न समुदायको कला संस्कृती झल्किने झाँकी प्रदर्शनी गरिएको छ । मगर, थारु, नेवार, ब्राहमण लगायतका समुदायले आ–आफ्नो समुदायको कला संस्कृती सहितको झाँकी प्रदर्शन गरेका हुन । संविधान दिवसलाई उत्सवमय बनाउन विविधतायुक्त झाँकीहरु प्रदर्शन गरिएको थियो । राप्ती नेवारी समाजले परम्परागत राेपाइ जात्रा, थारु समुदायकाे झाकी, राप्ती स्काउट समुहले स्काउट झाकी, राप्तीकाे नाैमती बाजा सहितकाे झाकि प्रस्तुत गरिएको थियाे ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस