जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु


मङि्सर २७, २०८१


जाजरकोट,२७ मंसिर । जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। बुधबार राति ११ बजेको समयमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ३ वीरखोला कैना–कड्के सडक खण्डमा जिप दुर्घटनामा परेको हो। ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जिपमा सात जना सवार थिए । प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोट नलगाड नगरपालिका–३ करुवा बस्ने अन्दाजी ३२ वर्षीय ईन्द्रजित थापा ९चालक० अन्दाजी ६५ वर्षीय शिला पुन, अन्दाजी ३३ वर्षीय सारदा थापा, अन्दाजी १८ वर्षीय लक्ष्मी पुन रोका र लक्ष्मी पुनको एक महिनाको छोरा आलोचन रोकाको मृत्यु भएको छ ।

यस्तै, जाजरकोट नलगाड नगरपालिका–३ करुवा बस्ने अन्दाजी १९ वर्षीय जनक थापा रल नलगाड नगरपालिका–७ बस्ने २१ वर्षीय जिवन बिक घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ ।

प्रहरीका अनुसार जिप एक्कासि ब्रेक फेल भई सडक बाट झन्डै सात सय मिटर तल खसेको छ

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="