बसपार्क दुर्घटना अपडेट: मृत्तक महिलाको पहिचान खुल्यो


पुष २४, २०८१


दाङ,२४ पुस। बसको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ सम्झना टोल बस्ने ३९ वर्षीय तिर्सना घर्ती मगर रहेकी छन् ।

तुलसीपुरको बसपार्क नजिक ठक्कर दिदा उनको मृत्यु भएको हो । मृत्तक घर्तीको सनाखत उनका बुबा प्रेम बहादुर थापा र छोरा नबिन घर्तिमगर गरेका हुन् ।

बिरेन्द्र चोक बाट बसपार्क जादै गरेको लु. प्र. ०२००१ ख ४४ नं. को बसले महिलालाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु हो।

बस र बस चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ४२ वर्षीय खिमराज ओलिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="