सल्यान,२४ पुस ।सल्यानमा एक महिलाले आफ्ना दुई छोरीको हत्या गरेकी छन् । बुधबार बिहान बनगाड कुपिण्डे नगरपालिका-११ सिस्नेपातलमा आमाले दुईछोरीको हत्या गरेकि हुन् ।
घटनास्थल पुगेको प्रहरी टोलीले सोधपुछ गर्दा २५ वर्षीया आमा पूर्णिमा रानाले नै हत्या गरेको स्वीकार गरेकी छिन् । उनले ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी छोरी राघवीको हत्या गरेकी हुन् । बालिकाका बुवा टेकमान राना भने रोजगारीका क्रममा नुवाकोटमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सोधपुछ गर्दा पूर्णिमाले श्रीमानसँग बेलाबेलामा हुने घरायसी विवादका कारण छोरीहरूको हत्या गरेको स्विकारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले बताए ।
कपडाको सलले घाँटी थिचेर आफूले छोरीहरूको हत्या गरेको प्रहरीसँगको बयानमा भनेकी छिन् । प्रहरीले पूर्णिमालाई नियन्त्रणमा लिइसकेको छ । प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस