व्यवसायी आचार्यमाथी भएको आक्रमणप्रति तुलसीपुर चेम्बरको भर्त्सना


६ घण्टा अगाडि


दाङ , ९ माघ । चेम्बर अफ कमर्स तुलसीपुरका कार्यसमिति सदस्य दोर्ण आचार्यमाथि भएको सांघातिक आक्रमणप्रति तुलसीपुर चेम्बर अफ कमर्सलले घोर भर्त्सना गरेको छ ।

चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारी र महासचिव दुर्गा शर्मापले प्रेस विज्ञप्ति जारी गर्दै सदस्य आचार्य माथी भएको साङ्घातिआक्रमण निन्दनीय र भर्त्सना युक्त भएको बताएका छन ।

चेम्बरका सदस्य आचार्य होटेल व्यवसायी हुन । आचार्य माथि आफ्नै हाेटेलमा बसिराखेकाे अबस्थामा आयका हतियारधारी व्यक्तिहरुले आक्रामन गरेको घटनाले व्यावसायिक सुरक्षा तथा शान्ती सुरक्षामा लापरबाही भएको महसुस गराएको छ ।

चेम्बरको प्रेस विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा दोषीलाई कानुनी दाएरामा ल्याएर कडा भन्दा कडा कारबाहीको माग समेत गरिएको छ ।

उद्योगी ब्यवसायीहरुलाई शान्ती सुरक्षाको प्रत्याभूती दिलाउन प्रहरी, प्रशासनसंग जोड्दार माग गर्दछौ भनिएको छ । साथै उपचाररत सदस्य आचार्यको शीघ्र स्वास्थ लाभको कामना गरिएको छ । घाइते आचार्यको नेपालगंज उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="