after_navbar

सहारा सहकारीको मानव सेवा आश्रममा भोजन सेवा


फागुन २४, २०८१


दाङ , २३ फागुन । सहारा बचत तथा ऋण सहकारी संस्था तुलसीपुर दाङले आफ्नो वार्षिक उत्सवको अवसरमा तुलसीपुरमा रहेको मानव सेवा आश्रममा एक छाक भोजनको व्यवस्था गरिएको छ।

ad

मानव सेवा आश्रममा रहेका व्यक्तिहरूलाई बेलुकाको खाना खुवाइएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा गर्ने हेतुले वार्षिक उत्सवको अवसरमा मानव सेवा आश्रममा खाना खुवाइएको संस्थाका सचिव भीमलाल मरासिनले जानकारी दिए। हो । संस्थाका अध्यक्ष वासुदेव आचार्यको अध्यक्षता तथा संस्थापक अध्यक्ष विष्णुप्रसाद शर्माको प्रमुख अतिथ्यतामा भएको हो ।

ad

संस्थाका साधारण सदस्य गोपाल शर्मा भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका सल्लाहकार बलदेव शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव भीमलाल मरासिनीले गरेका थिए। मानव सेवा आश्रममा अहिले ५१ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="