after_navbar

तुलसीपुरमा इन्स्योरको सिकाई अनुभब आदानप्रदान कार्यक्रम


फागुन २८, २०८१


दाङ २८ फाल्गुन । तुलसीपुरमा इन्स्योरको सिकाइ अनुभव आदानप्रदान कार्यक्रम भएको छ। इन्स्योर  परियोजना सञ्चालन भएको माध्यमिक विद्यालय तुल्सीपुर सेन्टरसँग आबद्ध भएका प्रशिक्षार्थी  र  उद्योगी ब्यबसयि र विद्यालय बीच  सिकाइ अनुभव आदानप्रदान कार्यक्रम गरिएको हो ।
२४ महिने निःशुल्क इन्स्योर  परियोजना कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरू र उनीहरूलाई विभिन्न उद्योग व्यवसायका प्रतिनिधिहरूबीच सिकाई अनुभव आदानप्रदान समस्यस, उपलब्धि , आबश्यक्ताको सिकाइ अनुभब आदान प्रदान गरिएको छ ।

ad

इन्स्योर  परियोजना लुम्बिनीका प्राबिधिक संयोजक  राजकुमार सेती महतको अध्यक्षतामा भएको कार्यक्रममा माध्यमिक विद्यालय तुलसीपुरका प्रधानाध्यापक भागवत पौडेलले इन्स्योरको शिक्षाले  विद्यार्थीहरूको सीप, दक्षता,क्षमता अभिवृद्धि तथा रोजगार सिर्जना गर्ने बताए । उनले यो गोल्डेन अपर्चुनिटी भएको हुँदा यसलाई पूर्णरुपमा प्रशिक्षार्थीहरुले सदुपयोग गर्नुपर्ने बताए । शैक्षिक सत्र २०८/०८१ का दुई संकायमा विद्यार्थीहरुलाई इन्स्योरले सीप सिकाइरहेको छ इलेक्ट्रिक र आइटी संकायका विद्यार्थीहरूले यो सीप सिकिरहेको र अहिले प्रशिक्षार्थी लागिका रुप्मस विभिन्न निकायहरूमा प्रयोगात्मक गरिरहेको समेत जानकारी गराइएको थियो। ज्ञान र सीपसँगै उद्यमशीलता स्थापना गर्ने उद्देश्यले यो कार्यक्रम विद्यालयमा सञ्चालन गरिएको प्रधानाध्यापक पौडेलले जानकारी दिए।

ad

इन्स्योरका लुम्बिनी प्रदेश प्राविधिक संयोजक राजकुमार सेतीमहरले  कार्यक्रमको विषयवस्तु बारेमा जानकारी गराएका थिए । उन्ले त्यसको प्रक्रिया र अवस्थाको बारेमा समेत जानकारी गराएका थिए। कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशकुमार राजभण्डारीले यस्ता कार्यक्रमहरूले उद्योग र व्यवसायमा नयाँ आयमा ल्याउने बताए उनले विद्यार्थीहरूको सिपलाई उद्योगले र व्यवसायले जोड्न सकेमा  झन् फराकिलो र व्यवस्थित रहने समेत विश्वास व्यक्त गरे ।  प्रशिक्षार्थीका रूपमा उद्योगहरूमा जाने विद्यार्थीहरूलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराई उनीहरूलाई पेशा सीप र व्यवसायमा उत्प्रेणा  थप्नुपर्ने उनले बताए ।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले  विभिन्न समस्याहरू रहेको र उपलब्धिहरु पनि प्रशस्त रहेको बताएका थिए। उनीहरुले निःशुल्क रुपमा आठ घण्टा काम गर्नुपर्दा केही समस्या रहेकोले थोरै भएपनि पारिश्रमिकको व्यवस्थापन गर्न सुझाएका थिए ।  अपेक्षा अनुसार आफूहरुले सिप सिकिरहेको र व्यवसाय र व्यवसायीहरूले केही महत्त्व दिन सके अझ आफ्नो सिप र क्षमताको विकास हुने बताएका थिए।
माध्यमिक विद्यालय तुल्सीपुर सेन्टरका लेखापाल धर्मराज पौडेलले विद्यार्थी व्यवसाय र विद्यालय बीचको समन्वयबाट मात्रै सीप सिकेको सदुपयोग हुने र त्यसले आम क्षेत्रमा विकास गर्ने बताए उनले अनुशासन र व्यवसायिकतामा प्रशिक्षार्थीहरु पूर्ण रुपमा रहनुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="