after_navbar

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई कम्प्युटर सहयोग


फागुन २, २०८१


दाङ, २९ फागुन । सिद्धार्थ बैंक घोराही शाखाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई पाँच थान कम्प्युटर सहयोग गरेको छ । बिहिबार एक कार्यक्रमका बिच बैंक शाखा घोराहीका म्यानेजर मिगल सिंह ठकुरीले प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछाने, रजिस्ट्रार प्रा.श्याम लम्साल र निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थिलाई ४ लाख मुल्यको कम्प्युटर हस्तान्तरण गरेका हुन ।

ad

प्रतिष्ठानको सुचना प्रविधिलाई बलियो बनाउदै मेडिकल रेकर्ड प्रणालिलाई चुस्तदुरुस्त बनाउन कम्प्युटरले सहयोग पुर्याउने उपकुलपति डा. लामीछानेले बताए । लम्सालले प्रत्येक वार्डमा कम्प्युटर राखेर मेडिकल रेकर्डलाई ब्यबस्थित बनाईने बताए ।विभिन्न वार्डमा रहेका बिरामिहरुको प्रबिधिको सहयोगमा अभिलेखीकरण गरेर एकिकृत गर्न, डाटा भण्डारण गर्न र सेवा प्रबाह गर्न सहयोग पुग्ने अपेक्षा रहेको बताए । त्यस्तै बैंकका शाखा म्यानेजर ठकुरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई कम्प्युटर सहयोग गरिएको बताए ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="