शरद रेग्मी
दाङ : प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरे संगै घर घरमा तथा जिल्लाको हापुरे बजारदेखी भालुवाङ दिप प्रज्वलन गरिएको छ । स्थायी राजधानी दाङ बनाउने निर्णयसँगै प्रदेशको नाम भने लुम्बिनी राख्ने निर्णय गरिएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको शीर्ष तहमा दाङ राजधानी बनाउने सहमती भएलगत्तै प्रदेश सरकारको मन्त्रीपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।
मंगलवार भएको मतदानमा राप्ती उपत्यकाको पक्षमा ६९ र विपक्षमा १३ मत खसे सगै २ तिहाइले भालुवाङ प्रदेशको राजधानी घोषणा भएको हो ।राजधानी घोषणा भएसंगै जिल्लामा घर घरमा तथा जिल्लाका प्रमुख शहर र गाउँ–गाउँमा दिप प्रज्वलन गरिएको छ । तुलसीपुर उद्योग बाणिज्य सघंले बिरेन्द्र चोकमा आयोजना गरेको दिप प्रज्वलनमा बोल्ने बक्ताहरुले सघंहरुले बर्षौदेखि उठाउदै आएको मुद्दाले पुर्णता पाएको भन्दै बधाई ज्ञापन गरेका थिए ।
सघंका अध्यक्ष बीर बहादुर रावतको अध्यक्षता एवम सघींय सांसद हिराचन्द्र केसीको प्रमुख आतित्थ्यतामा भएको दिप प्रज्वलन कार्यक्रममा बोल्दै प्रमुख अतिथी केसीले आजको दिन दाङबासीहरुका लागि ऐतिहासिक भएको बताए । उनले भने “हामीले निर्वाचनमा गरेका बाचाहरु पुरा गरेका छौ, अब सबै मिलेर राजधानीलाई ब्यबस्थित गर्न लाग्नु पर्छ ।” यस क्षेत्रका निर्वाचित सांसद समेत रहेका केसीले मुख्यमन्त्री सहित सबै तह र तप्कालाई जिल्लाबासीको तर्फबाट धन्यबाद समेत ज्ञापन गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेता बुद्धिराम भण्डारी, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य लगाएतले सम्बोधन गरेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस