तुलसीपुर उपमहानगरका कर्मचारी र शिक्षक सहित थप २२ जनामा कोरोना पुष्टि


असोज २, २०७७


दाङ । तुलसीपुरका थप २२ जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा तुलसीपुर १ का ३ जना, ४ का १ जना, ५ का ४ जना, ६ का ८ जना, ८ र ९ का २/२ जना, १६ र १९ का १/१ जना रहेका छन् ।

आज संक्रमित हुनेमा उपमहानगरपालिकाका कर्मचारी, शिक्षक, तथा अन्य व्यक्तिहरु रहेको तुलसीपुरका कोभिड-१९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ३६७ जना पुगेको छ भने सक्रिय संक्रमित १४२ जना रहेका छन् । हालसम्म कोरोना मुक्त हुनु भई २२६ जना घर फर्किएका छन् । साथै ५ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="