तुलसीपुर थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकबाट लिइएको स्वावमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्सन बिमल केसीले बताए ।
संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ४ जना, वडा नं. ६ का २ जना, वडा नं. ७ का एक जना, वडा नं. १४ का एक जना र वडा नं. १६ का एक जनामा पुष्टि भएको छ ।
यो संगै तुलसीपुरमा कोरोना संक्रमण हुनेको संख्या ३९७ पुगेको छ भने १६१ जना संक्रिय संक्रमित रहेका छन् भने कोरोनालाई जितेर घर फर्किनेको संख्या २२६ रहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस