दाङ। दाङको तुलसीपुर- ११ नवलपुर निवासी ४५ बर्षीय कुमार विकको बाँया खुट्टा छुटिने गरि भएको आक्रमणमा संलग्न भएको आरोपमा दुईजनालाई सार्वजनिक गरिएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले शुक्रबार पत्रकार सम्मेलन गरि हत्यामा संलग्न भएको अरोपमा दुईजनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी २२ बर्षीय पवन चौधरी र तुलसीपुर १० निवासी २४ बर्षीय अमृत चौधरी रहेका छन् । उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।
उनीहरुको साथबाट आक्रमणमा प्रयोग गर्न प्रयोग गरिएको एकथान खुर्पा, अभियुक्तले घटनामा संलग्न रहेको अबस्थामा लगाएका कपडाहरु बरामद गरेको छ ।
गम्भीर घाईते भएका विकको भारतको लखनउमा उपचार भइरहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस