तुलसीपुरका कोरोना संक्रमितको कोहलपुरमा ज्यान गयो


कार्तिक १५, २०७७


दाङ। दाङका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१८ का ७० वर्षीय पुरुषको शनिबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

कार्तिकको १३ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको शनिबार बिहान मात्र पुष्टि भएको थियो ।

यसअघि दाङकै घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमै शनिबार बिहान ५ बजे मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="