दाङ। तीन दिनदेखि हराइरहेका दुई दाजुभाइ मृत अवस्थामा फेला परेका छन्।
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–२ का २६ वर्षीय बिजय बाबु पौडेल र २१ वर्षीय संगम पौडेल कात्तिक १७ गतेदेखि हराएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो।
त्यस क्रममा बुधबार साँझ उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिशाल तामाङले जानकारी दिए। मृतक एक जनाको शव गैंडाकोटस्थित जयश्री खोलाको बाँध नजिक तैरिएको अवस्थामा र अर्काको पानीमा डुबेको अवस्थामा फेला परेको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस