कोरोना संक्रमणबाट वडा अध्यक्षको ज्यान गयो


कार्तिक २१, २०७७


दाङ। कैलालीमा कोरोना कारणका एक जना वडा अध्यक्षको मृत्यु भएको छ।

गौरीगंगा नगरपालिका वडा नम्बर ३ का  ७३ वर्षीय वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको शुक्रबार मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि उनी १२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।

अस्पतालमा भर्ना भएको ५ दिन पछि १७ गते  उनलाई कोरोना पुष्टि भएको थियो।

कोरोना पुष्टिपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज बिहान ६ बजे  मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="