दाङका एक कोरोना संक्रमितको बाँकेमा ज्यान गयो


कार्तिक २१, २०७७


दाङ। दाङका एक जना कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा ज्यान गएको छ । बिहीबार राती भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा लमही नगरपालिका १० का ६४ बर्षीय पुरुषको ज्यान गएको स्वस्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनको १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब संकलन गरिएकोमा १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई त्यसैदिन कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना गरेर उपचार शुरु गरिएको थियो । तर अवस्थामा सुधार नआएपछि १९ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था थप बिग्रिँदै गएपछि उनको उपचारका क्रममा बिहीबार राती ९ बजे मृत्यु भएको स्वस्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="