दाङ। जिल्ला प्रशासन कार्यालय दाङले तिहारमा देउसीभैलो खेल्न निषेध गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने भन्दै यस पालीको तिहारमा जिल्लाभर देउसी भैलो खेल्न, अनावश्यक हिड्डुल गर्न निषेध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले मंगलवार सुचना जारी गर्दै आगामी मंसीर ६ गते सम्म जिल्लामा निषेधाज्ञा जारी गरिएको बताएका हुन । जिल्लामा हुने अनावश्यक हिडडुल, जमघट, भिडभाड गर्न नपाईने सुचनामा उल्लेख छ ।
कोरोना संक्रमणको दर बढ्दै गएकाले जिल्लामा सवैले सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस