दाङ । जिल्ला प्रशासन कार्यालय दाङले नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा प्रतिबन्ध लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङका अधिकृत अमरराज शर्माले जारी गरेको सूचनामा यही मंसिर ७ गतेदेखि अर्को सूचना नभएसम्म नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा प्रतिवन्ध लगाएको जनाइएको छ ।
विज्ञप्तिमा जिल्लामा रहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगहरुमा रहेको बस्तुको नापजाँच भइरहेकाले उत्खनन् तथा संकलमा पूर्ण बन्देज गरिएको जनाइएको छ । साथै प्रशासनले उद्योगमा मौज्दात ढुङ्गा, गिट्टी र बलुवामा बढीमा एक महिना भित्र उठाइसक्न पनि निर्देशन दिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस