काठमाण्डाै । चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहे काठमाण्डौ आइपुग्नुभएको छ ।
नेपालको एकदिने औपचारिक भ्रमणका लागि उहाँ काठमाण्डौ आउनुभएको हो ।
एयर चाइनाको विमानमार्फत् त्रिभुवन विमानस्थल ओर्लिएका रक्षामन्त्री वेई विमानस्थलबाट बालुवाटारमा रहेको चिनियाँ दूतावास पुग्नुभएको छ ।
एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाण्डौ आएका चिनियाँ रक्षामन्त्री ८ घण्टा बस्ने कार्यक्रम छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग दिउँसो बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।
प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता हुनेछ । परराष्ट्र मन्त्रालयले नेता वेइको यो भ्रमणलाई ‘कार्यगत’ भ्रमण भनेको छ । साथै भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अझ सुदृढ हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस