काठमाण्डाै । नेपालमा बुधबार थप १ हजार ४ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
८ हजार ३ सय जनाकाे नमुना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा १ हजार ५ सय ६७ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ ।
२४ घण्टामा थप ९ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या १ हजार ५ सय ३८ पुगेकाे छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस