काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको एक समितिले हप्तामा दुई दिन सरकारी बिदा दिन सिफारिस गरेको छ ।
कोरोना महामारीपछि पर्यटन उत्थानको लागि मन्त्रालयले असोज ८ गते गठन गरेको समितिले हप्तामा दुई दिन बिदा उपयुक्त रहेको निष्कर्षसहित प्रारम्भिक प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ ।
आन्तरिक पर्यटन प्रवर्द्धन, सार्वजनिक खर्च कटौती, इन्धन बचन, उत्पादकत्व वृद्धिलगायतका विषयको अध्ययनपछि हप्तामा दुई दिन बिदा दिन उपयुक्त हुने निष्कर्ष निकालिएको समितिले जनाएको छ ।
नेपालमा २०४८ सालमा प्रशासन सुधार आयोगले हप्तामा दुई दिन बिदा दिन सिफारिस गरेअनुसार २०५६ सालमा काठमाण्डौबाट यो प्रावधान लागू भए पनि देशैभरि पुग्न नपाइ असफल भएको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस