दाङ। नेकपा प्रचण्ड- माधव पक्षले मंगलबार घोराही विरोध कार्यक्रम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनका विरुद्धमा बृहत विरोध प्रर्दशन गरिएको हो । विरोध प्रर्दशन कार्यालयमा जिल्लाभरका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।
असवैधानिक संसद विघटनका विरुद्ध संघर्ष गरौ, ओली प्रतिगमनको भण्डाफोर गरौ भन्ने नाराका साथ विरोध कार्यक्रमको आयोजना गरिएको हो । देशव्यापी कार्यक्रम अन्तर्गत दाङमा पनि प्रचण्ड माधव समुहले विरोध प्रर्दशन गरेको हो । सभालाई नेकपा स्थायी कमिटि सदस्य युवराज ज्ञवाली,नेताहरु मेटमणि चौधरि, हिराचन्द्र केसी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस