तुलसीपुरमा सञ्चारकर्मी महरामाथी ढुंगा प्रहार गर्ने दुई जना पक्राउ


पुष १, २०७७


दाङ। तुलसीपुरमा सञ्चारकर्मी महेन्द्र महरामाथि ढुंगा प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पुस १३ गते महरामाथि ढुंगा प्रहार गर्नुकासाथै अभद्र व्यबहार गरेको भन्दै तुलसीपुर, ३ निवासी १७ बर्षीय करण नेपाली र सोही ठाउँका १८ बर्षीय शाहिल क्षेत्रीलाई पक्राउ गरिएको हो । तुलसीपुर ९ निवासी २५ बर्षीय महरालाई बेलुवा स्थित गुम्वा नजिक ढुंगा प्रहार गरेर फरार रहेका उनीहरुलाई शनिबार पक्राउ गरिएको हो ।

महराकी श्रीमति र भाउजु गुम्वा नजिक घुम्न गएको अबस्थामा ८÷१० जना केटाहरुले जिस्काउनुकासाथै अभद्र व्यबहार गरेपछि अबस्था बुझ्न उनी सोही ठाउँ गएको अबस्थामा ढुंगा प्रहार गर्नुकासाथै गाली गलौज गरेको पीडित महराले बताए । उनको टाउकोमा चोट लागेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । महरा तुलसीपुरमा क्रियाशिल सञ्चारकर्मी हुन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="