दाङ, कपिल लामिछाने ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा रहेको बालुवा टोल बिकास संस्थामा स्थानियबासीहरुको माग अनुरुप राईस मिलको उद्घाटन गरिएको छ ।
एकपछि अर्को बिकासको फड्को मार्दै आईरहेको यस टोलले फेरि यहाँका जनताहरुको माग अनुसार कुटान पिसान मिल सञ्चालनमा ल्याएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले उद्घाटन गर्नुभएको उक्त मिल यहाँको जनताको हितमा भएको र यहाँका जनताहरुको माग अनुरुप भएको भन्दै यहाँ कतै यस्तो मिल नहुँदा बिजौरी जानुपर्ने बाध्यता टरेकोमा खुसी ब्यक्त गर्नुभयो ।
उहाँले जनताको हितका लागी सधै यस वडामा केहि न केहि नयाँ र उदाहरणीय काम गर्दै आएको र कृषकहरुको गुनासो अनुरूप यस स्थानमा मिल सञ्चालन गर्नुपर्ने सल्लाह अनुसार यहाँ मिल स्थापना भएको भन्दै यस मिलले समग्र यस भेगका कृषकहरुको प्रतिनिधित्व गरेको कुरा उल्लेख गर्नुभयो । साथै उहाँले मिल खोल्नका लागी चाहिने सम्पुर्ण सामाग्री उपलब्ध गराउनका लागी वडाले समन्वय गर्दै आबश्यक सहयोग गरेको र आगामी दिनहरुमा पनि कृषकहरुका हरेक काममा वडाले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
साथै उक्त मिल उद्धघाटन कार्यक्रममा त्यहाँ उपस्थित हुनुभएका स्थानियहरुले पनि खुसी ब्यक्त गर्दै मिल खोलेर टाढा भारी बोकेर जानुपर्ने हाम्रो समस्या टरेको छ भन्दै खुसी ब्यक्त गर्नुभएको थियो । उक्त मिलमा आजबाट नै धान कुटानी र पिसानीको काम सुरु गर्ने उद्घाटन कार्यक्रममा मिल सञ्चालक कबिराज महरले जानकारी दिनुभयो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस