पाइप लाइनबाटै डिजल चोरी


माघ ०२, २०७७


भारत । पटना–मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन फुटाएर डिजल चोरी भएको खुलेको छ । बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको डिपोमा भारतको पटनाबाट सिवान र मोतिहारी हुँदै डिजल आपूर्ति गर्दै आएको पेट्रोलियम पाइप लाइन फुटाएर डिजेल चोरी भएको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएको छ ।

नेपाली सीमाबाट एक सय किलोमिटर पर नविगन्जमा पाइप लाइन फुटाएर हजारौँ लिटर डिजल चोरी भएको नवभारत टाइम्स खबरमा दाबी गरिएको छ ।

पाइप लाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेतमा डिजल बगेको देखेपछि भारतीय आयल निगमका अधिकारीहरूलाई खबर गरेका थिए । मुख्य पाइपमा प्वाल बनाएर सानो पाइपबाट डिजल चोरी गरिएको खबरमा उल्लेख छ ।

गएको वर्ष भदौबाट सञ्चालनमा आएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइप लाइन हो ।

तस्बिर : नवभारत टाइम्स

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="