दाङ आइपुग्यो कोरोना खोप ,भोलि बाटनै खोप लगाउन सुरु


माघ १३, २०७७


कोरोना भाइरस (कोभिड –१९) विरुद्धको खोप दाङ आइपुगेको छ ।

३ हजार डोज ‘कोभिशिल्ड’ खोप दाङ आइपुगेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभयो । दाङमा खोप बुधबारबाट नै लगाउन सुरु गरिने छ । राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराही र प्रादेशिक अस्पताल तुलसीपुरबाट खोप लगाउन सुरु गरिने प्रमुख शाहीले बताउनुभयो ।

भोली विहान ११ बजेबाट खोप लगाउन सुरु गरिने जानकारी दिँदै उहाँले सरकारको निर्देशन अनुसार पहिलो चरणमा दाङमा स्वास्थ्यकर्मीलाई लगाइने बताउनुभयो । पहिलो चरणमा ३ हजार खोप लगाइने र क्रमश छिट्टै अर्को चरणमा पालिका स्तरमा नै खोप लगाउने कार्यक्रम सुरु हुने प्रमुख शाहीको भनाई छ ।

सरकारले पहिले चरणमा स्वास्थ्यकर्मी, शुरक्षाकर्मी, फोहरमैला व्यवस्थापनमा खटिन संकलक, चालक त्यसैगरी एम्बुलेन्स तथा शववाहन चालक र सहचालक लगायतलाई खोप लगाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="