रोल्पामा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, चालकको ज्यान गयो


माघ १५, २०७७


रोल्पा। रोल्पामा इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

रोल्पा नगरपालिका वडा नम्बर १ भदौरे मन्दिरको घुम्तिमा बिहीबार दिउँसो ना ४ ख २२५७ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो । दुर्घटनामा परि चालक नेपालगंज घर भएका ४५ बर्षिय हरबजन सिंहको ज्यान गएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई उपचारका लागि रोल्पा अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उनको शव अहिले रोल्पा अस्पतालमा राखिएको छ ।

दुर्घटनामा भारतको रुपैडिया निवासी सहचालक १९ वर्षिय सुनिल शंकर सामान्य घाइते भएका छन् । उनको निधारमा चोट लागेको रोल्पा प्रहरी प्रवक्ता सन्ताेष केसीले जनाकारी दिएका छन ।

नेपालगंज डिपोबाट रोल्पामा रहेको जलजला पेट्रोल पम्पको इन्धन बोकेर आएको ट्याङ्कर दुर्घटनामा परेको हो । ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्करमा रहेको २ हजार लिटर डिजेल र ९ हजार लिटर पेट्रोल नष्ट भएको छ ।

दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन । ट्याङ्कर सडक देखि करिव ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="