बिहीवारदेखि वर्षा र हिमपातको सम्भावना


माघ २०, २०७७


दाङ । ढिलै भए पनि नेपालमा हिउँदे वर्षा र हिमपात हुने भएको छ ।

पर्सि बिहीवारदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । नेपालमा पानी पार्ने पश्चिमी वायुको प्रणाली भित्रिन लागेकाले पर्सिदेखि तीन दिनसम्म मौसम बद्ली भएर वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । अहिलेसम्मको अवस्थाले पर्सि पश्चिमी क्षेत्रबाट यो प्रणाली प्रवेश गर्ने देखिएको छ ।

यो प्रणाली प्रवेश गरेपछि पश्चिमी क्षेत्रसँगै देशका अन्य ठाउँमा पनि पानी पर्नेछ । मौसम पूर्वानुमान महाशाखाले यसबारे प्रेस विज्ञप्ति नै निकालेर सार्वजनिक गर्ने तयारी गरेको छ । लामो समयदेखि वर्षा र हिमपात नहुँदा वायु प्रदूषणसँगै सुक्खापन बढेको छ ।

केही समयअघि पश्चिम र सुदूरपश्चिमका केही ठाउँमा पानी परे पनि देशका अन्य क्षेत्रमा झण्डै ५ महिनादेखि वर्षा भएको छैन ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="