दाङमा आमहड्तालको प्रभाव देखियो


माघ २२, २०७७


दाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव दाङमा पनि देखिएको छ ।

दाङका प्रमुख बजार तुलसीपुर, घोराही ,लमही लगायत बजार क्षेत्र बन्द छन् । यस्तै, शैक्षिक संस्था, उद्योग कलकारखाना सबै बन्द रहेका छन्, भने अतिआवस्यक सवारीसाधन मात्रै चलेका छन् । जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका कुनैपनि सवारी साधन चलेका छैनन् । जिल्लामा आफुहरुले शान्ति पूर्ण तरिकाले बन्द गरेको नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्काले जानकारी दिए ।

बन्द बेलुका ६ बजे सम्म रहेको समेत उनले बताए । सरकारले संवैधानिक पदहरूमा गैर कानुनी नियुक्ति गरेको विरोधमा प्रचण्ड माधव समुहले विहिवार आम हड्तालको घोषणा गरेको हो । आमहड्तालको पूर्व सन्ध्यामा बुधवार जिल्लाका बिभिन्न स्थानमा भातृ संगठनहरुले राँके जुलुस प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="