दाङ । आज देशभरको मौसम सफा भएको छ । आइतवार बिहानदेखि खुल्न थालेको मौसम अहिले देशभर नै सफा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य ठाउँको मौसम सफा रहेको र आइतवार राति पूर्वमा सामान्य बदली हुन सक्ने महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।
पश्चिमी वायुको प्रभावका कारण बिहीवारदेखि मौसम बदली भएको थियो । गएकाे शुक्रवार र शनिवार उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो ।
आइतवार केही चिसो भए पनि तापक्रम बिस्तारै बढ्दै जाने महाशाखाका अर्का मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । बाक्लो हिमपात भएका र तराईका केही जिल्लामा अझै केही दिन चिसो हुनेछ । मौसमविद् शाक्यका अनुसार अब केही दिन देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढ्ने अनुमान गरिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस