बुधवारदेखि फेरि पानी पर्ने सम्भावना


माघ २६, २०७७


ranning

काठमाण्डाै । मौसम खुलेसँगै गर्मी बढ्ने अनुमान गरेको भए पनि अर्को वायु नेपाल प्रवेश गर्न लागेकाले फेरि चिसो बढ्ने मौसमविद्ले बताएका छन् । 

ग​​एकाे शुक्रवार र शनिवार देशका सबैजसो हिमाली क्षेत्रमा हिउँ र अन्य ठाउँमा पानी पारेकाे वायु नेपालबाट बाहिरिएको भए पनि पश्चिमी वायु फेरि नेपाल प्रवेश गर्न लागेकाले चिसो कायमै रहने मौसमविद् सजिना शाक्यले बताउनुभयो । 

मौसमविद् शाक्यका अनुसार आउँदाे बुधवार नेपाल प्रवेश गर्ने पश्चिमी वायुले वर्षा र हिमपात गराउने सम्भावना रहेको छ । बुधवार आउन लागेको पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ । तीन दिनसम्म हल्का बदली र थोरै ठाउँमा वर्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="