काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार दिउँसो भएको भेटघाटले संसदमा केही समययता देखिएको गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । यद्यपि सत्तापक्ष र विपक्षका प्रमुख सचेतकहरु यति भेटवार्ताबाट गतिरोध अन्त्य भइहाल्ने कुरामा अझै विश्वस्त हुन सकेका छैनन् ।
तीन सातायता भएका प्रतिनिधिसभाले ‘बिजनेस’ अगाडि बढाउन नसक्ने र नयाँ ‘बिजनेस’ पनि नपाउने अवस्था सामना गरिरहेको बेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म भएको ‘वान टु वान’ भेटमा यही विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस