तुलसीपुरमा ७७ हजार बढिले हात्तीपाईलेको औषधी सेवन गरे


चैत २८, २०७७


तुलसीपुरमा ७७ हजार बढिले हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गरेका छन् । गएको बुधवार देखी सुरु भएको हात्रीपाईले रोग विरुद्धको औषधी सेवन अभियान अन्र्तगत शुक्रवार सम्म ५३.६ प्रतिशत अर्थात ७७ हजार ७ सय ३० जना नागरिकले औषधी सेवन गरेको जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनु भएको छ ।

दाङमा ११ औँ चरणको हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान सन्चालन भएको छ । १० औँ चरणको अभियानमा सवैले औषधी सेवन नगर्दा जिल्लालाई हात्तीपाईले रोग निवारण घोषणा गर्न सकिएको छैन ।

जिल्लामा हात्तीपाईले रोग संक्रमणको जोखिम भएता पनि नागरिकहरुको लापरवाहीका कारण औषधी सेवन कार्यक्रम प्रभावकारी हुन नसकेको हो । एक व्यक्तिले छ पटक सम्म औषधी सेवन गर्नुपर्ने भएता पनि जिल्लामा अहिले ११ औँ पटकको अभियान सन्चालन भएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="