तुलसीपुरमा ३ विद्यार्थी सहित १४ जनामा कोरोना पुष्टि


बैशाख ०४, २०७८


दाङ : तुलसीपुरमा शनिवार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा ६ देखि ५७ बर्ष सम्म उम्मेरका रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । संक्रमित हुनेमा वडा नं. ५ का ५ जना, वडा नं. ६ का २ जा, वडा नं. ११ का ६ जना र वडा नं. ९ का १ जना गरी १४ जना रहेको केसीले जानकारी दिए । जसमा ५ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा , ५ जना नेशनल प्याथ ल्याव, र ४ जनाको कोहलपुर मेडिकल कलेजमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमीत मध्य ३ जना विद्यार्थी समेत रहेका छन ।

संक्रमित मध्ये २ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको आइसोलेशनमा पठाएको छ, भने १ जना होटल आइसोलेशनमा रहेको र बाकि सबै होम आइसोलेबनमा रहेको फोकल पर्सन केसीले जानकारी दिए ।

यो संगै तुलसीपुरमा कोरोना सक्रिय संक्रमित संख्या ५२ पुगेको छ । जसमा ७ जना भेरी आइसोलेशनमा, ८ जना बेलझुण्डी कोरोना विशेष अस्पतालमा , होटलमा २ जना, २ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र २९ जना होम आइसोलेशनमा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="